छालबाटाे के हाे ?
मैले लेखेकाे किताब छालबाटाे : कैलाशदेखि गंगासम्म किताबबारे सुन्नेवित्तिकै धेरैले मलाई छालबाटाे भनेकाे के हाे भनेर साेध्नुहुन्छ त्यसैले मैले याे छाेटाे परिचय लेखेकाे छु।
मैले लेखेकाे किताब छालबाटाे : कैलाशदेखि गंगासम्म किताबबारे सुन्नेवित्तिकै धेरैले मलाई छालबाटाे भनेकाे के हाे भनेर साेध्नुहुन्छ त्यसैले मैले याे छाेटाे परिचय लेखेकाे छु।
छालबाटाे तीनदेशमा गरिएकाे दुई हजार किलोमिटरकाे यात्रा हाे जुन ४५ दिनमा गरिएकाे थियाे ।काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर-गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो । कर्नाली नदीकिनारका स्थानियहरुले नदीकाे किनारै किनार हिड्ने बाटाेलाई छालबाटाे भन्दा रहेछन् त्यसैले मैले किताबकाे नाम छालबाटाे राखेकाे हुँ।
यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् । र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोक; नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बीचमा रनभुल्लमा परेका स्थानीय; झुटको खेतीमा मस्त नेता; रसुवागढीको रेल सपना; कैलाश पर्वतको सेरोफेरो; तिब्बतमा रमाइरहेका मिङ्मार; हिल्सामा होमिएकी पेमा; भारीले थिचिएका धनवीर; छालबाटो कुदिरहेका काङ्ग्री; डुङ्गामा रम्ने मेघ; बर्दियामा बढेका बाघ; घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गङ्गा । बिरलै गरिने यात्रालाई विषयगत विविधताको धागोले फरक शैलीमा उनिएको यो पुस्तक हो छालबाटाे।
याे पुस्तकले पद्मश्री साहित्य पुरस्कार २०८१ र साहित्यपाेष्ट साहित्य पुरस्कार २०८१ प्राप्त गरेकाे थियाे ।
तपाँइले छालबाटाे किताब पसलहरुमा वा अनलाइनमा पनि किन्न सक्नुहुन्छ । नेपालमा किन्नका लागि यहाँ र अमेजनमा पनि किन्न सक्नुहुन्छ।
केहि प्रतिकृया भए मेराे इमेल: rameshbhushalj@gmail.com मा पठाउनुहाेला। म समय मिलाएर उत्तर फर्काउनेछु ।



